२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

जेनजी आन्दोलन : गृहमन्त्रीले भने - नैतिकताका आधारमा राजीनामा दिन्छु

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफू पदबाट राजिनामा दिने बताएका छन् । कांग्रेस पदाधिकारी बैठकमा उनले सो कुरा बताएका हुन् ।

गृहमन्त्री लेखकले सोमबारको आन्दोलनमा अकल्पनीय मानवीय क्षति भएको भन्दै नैतिकताका आधारमा राजीनामा दिने बताएका हुन् ।

उनको आजै राजीनामा आउने सम्भावना छ ।

सोमबार जेनजीले देशभर आन्दोलन गरेको थियो ।

काठमाडौंसहित देशभरका विभिन्न शहरमा गरेको प्रदर्शनका क्रममा प्रहरीले दमन गर्दा १८ जनाभन्दा बढी जेनजी प्रदर्शनकारीको मृत्यु भएको छ ।

त्यसपछि गृहमन्त्री, प्रभानमन्त्रीसहित सरकारको आलोचना चौतर्फीरुपमा भएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट