२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

जेनजी प्रदर्शनको घटनामा छानबिन समिति बनाउने मन्त्रिपरिषद्को निर्णय

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । सरकारले जेनजीहरूले सोमबार काठमाडौंमा गरेको प्रदर्शन प्रहरीले दमन गरेपछि घटेको घटनाबारे छानबिन गर्न समिति बनाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको हो ।

समितिले १५ दिनभित्र घटनाको छानबिन गरेर सरकारलाई प्रतिवेदन बुझाउने एक जना मन्त्रीले बताए ।

उक्त घटनामा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । जेनजीहरूको प्रदर्शनमा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् । उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै लेखकले राजीनामा दिएका हुन् ।

जेनजीहरुले आज (सोमबार) भ्रष्टाचार, अव्यवस्था र सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध प्रदर्शन गरेका थिए । उक्त प्रदर्सनमा नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा प्रहरीको दमन हुँदा अहिलेसम्म १९ जना प्रदर्सनकारीको मृत्यु भईसकेको छ । त्यस्तै धेरै घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट