२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

सरकारले देशको भविष्यको हत्या गर्यो : सांसद गौतम

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले सरकारले बन्दुकको साहारामा देशको भविष्यको हत्या गरेको बताएकी छन् । उनले सोमबार जेनजीहरुको प्रदर्शननका क्रममा सरकारको दमनबाट १९ जनाले ज्यान गुमाएपछि यस्तो बताएकी हुन् ।

उनले भनेकी छन्, ‘सरकारले बन्दुकको साहारामा देशको भविष्यको हत्या गर्यो। प्रदर्शनकारीलाई पछाडि हटाउन असंख्य वैकल्पिक उपायहरू हुँदाहुँदै पनि सरकारले सिधै गोली चलायो। बन्दुकको बलमा प्रतिरोधका स्वर दमन गर्नु वीरता होइन, कायरता हो ।’

उनले कुनै राजनीतिक स्वार्थ नबोकेका, समानता र न्यायको माग बोकेर सडकमा निस्केका छोराछोरी पुस्तालाई अभिभावक बनेर जोगाउनुपर्ने सरकारले संवादको सट्टा गोली हान्नु हत्या भएको बताइन् ।

उनले भनिन् ‘कुनै राजनीतिक स्वार्थ नबोकेका, समानता र न्यायको माग बोकेर सडकमा निस्केका छोराछोरी पुस्तालाई अभिभावक बनेर जोगाउनुपर्ने सरकारले संवादको सट्टा गोली खोल्यो। यो हत्या हो।’

उनले थप भनेकी छन्, ‘यो शक्तिशालीले निर्बलमाथि शासन गर्ने पुरानो शासकीय चरित्रको पुनरावृत्ति हो। जनताको रगत बगाएर कुर्सी जोगाउने सोचाइ नै सत्तावादको घिनलाग्दो अनुहार हो। अबोध युवामाथि गोली बर्साउने सरकारलाई धिक्कार छ। यो जनताको होइन, शक्तिको लोभीहरूको सरकार हो। यो सानो बहानामा आफ्नै जनतालाई मार्दै हिँड्ने आतंकवादी मानसिकताको सरकार हो।’

जेनजीहरुले आज (सोमबार) भ्रष्टाचार, अव्यवस्था र सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध प्रदर्शन गरेका थिए । उक्त प्रदर्सनमा नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा प्रहरीको दमन हुँदा अहिलेसम्म १९ जना प्रदर्सनकारीको मृत्यु भईसकेको छ । त्यस्तै धेरै घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट