काठमाडौं । प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड गरेका छन् ।
आज बिहानैदेखि ललितपुरका विभिन्न ठाउँमा प्रहरी बिटमा आगो लगाउने र प्रदर्शन गर्ने क्रम जारी छ ।
उनीहरु गेट अगाडि उभिएर ढुंगामुढा गरिरहेका छन् । सोमबार भएको जेनजीको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर १९ जनाको ज्यान गएपछि युवा झनै आक्रोशित बनेका छन् ।
आजको प्रदर्शन नेताहरुको निवास केन्द्रित भएको हो ।
प्रतिक्रिया दिनुहोस