२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

रास्वपाका सबै सांसदले राजीनामा दिने, जेनजीको प्रदर्सनलाई समर्थन गर्ने

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदले राजीनामा दिने भएका छन् ।

जेनजी प्रदर्सनका युवाहरूलाई सरकारले दमन गरेपछि नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेले सोमबार साँझ माग सम्बोधन नहुने स्थितिमा आफ्ना सांसदलाई राजीनामा गर्न तयार भएर बस्न भनेका थिए ।

रास्वपा संसदीय दलको बैठकले सबै सांसदलाई राजीनामा गराउने निर्णय गरेको हो ।

विकसित घटनाक्रमलाई ध्यानमा राखेर सबै सांसदले राजीनामा गर्ने तयारी गरेका हुन् ।

सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाको विरोधमा जेनजी युवाहरूको प्रदर्शनका क्रममा सोमबार प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । जेनजीको प्रदर्सनलाई समर्थन गर्ने रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट