२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

जेनजी आन्दोलन हिंसात्मक र अराजक नहोस्, देशभित्रबाटै निकास निकालियोस् : पूर्वराजा ज्ञानेन्द्र

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो पुस्ताको आन्दोलन हिंसात्मक र अराजक नहोस् भन्ने आग्रह गरेका छन् । उनले यो आन्दोनलको निकास देशभित्रबाटै निकाल्नुपर्ने बताएका छन्।

उनको संवाद सचिवालयले मंगलबार विज्ञप्ति निकाल्दै आन्दोलन हिंसात्मक नबनाउन पनि आग्रह गरेका छन्।

सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस् र यसमा कसैको घुसपैठ नहोस भन्ने धारणा राखि बक्सेको छ,’

‘हाल उठेको सुशासन र आर्थिक अनुशासनका कुरा ध्यानमा राखी देशभित्रबाट समस्याको समाधान निकालियोस भन्ने चाहना राखी बक्सेको छ।’- विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट