काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पतीमाथि कुटपिट भएको छ ।
आज जेनजीहरूको प्रदर्शन उग्र बनेको छ । जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई बुढानिलकण्ठस्थित उनीहरुकै निवासमा कुटपिट गरेका हुन् । प्रदर्सनकारीहरुले उनको घरमा आगजनीसमेत गरेका छन् ।
सोमबारदेखि काठमाडौंमा जारी जेनजीको प्रदर्शनमा सरकारले दमन गरेपछि १९ जनाले ज्यान गुमाएका छन् । त्यसपछि दोस्रो दिन मंगलबार आन्दोलनले उग्र रूप लिएको छ ।
जेनजी युवा प्रदर्सनकारीहरुले आज नेतालाई टार्गेट गरेर आक्रमण र घरमा आगजनी गरिरहेका छन् ।
उनीहरुले आज बिहानै देखि देशभरका विभिन्न स्थानमा रहेका नेताका निवाससहित प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतका नेताहरूको घरमा समेत आगो लगाएका थिए ।
साथै, उनीहरुले देशका सार्वजनिक भवनहरु पनि जलाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस