२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

योगेश भट्टराईले भने : ‘इतिहासकै गम्भीर संकटमा छौँ, विवेकपूर्ण निर्णय गर्नुपर्छ’

बुधवार , भाद्र २५, २०८२

काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले देश अहिले इतिहासकै गम्भीर संकटमा रहेको बताउँदै विवेकपूर्ण निर्णय लिन सबैलाई आह्वान गरेका छन् । उनले जेनजीहरुको उग्र आन्दोलनपछि फेसबुकमा लेख्दै यस्तो बताएका हुन् ।

भट्टराईले जारी गरेको सन्देशमा अस्थिर र तनावपूर्ण परिस्थितिमा उत्तेजनामा आधारित कदमले समाधान नदिने भन्दै घटनाक्रमको गम्भीर विश्लेषण, आत्मालोचना र संगठन पुनर्गठन आवश्यक रहेको उल्लेख गरेका छन् ।

उनले लोकतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता र कानूनको शासनबाट विचलित नहुन चेतावनी दिँदै भ्रष्टाचार र बेथितीविरुद्ध युवापुस्ताले अघि सारेका आन्दोलनलाई समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

भट्टराईले ‘नेपाल बचाऔँ, नेपालीत्व जोगाऔँ’ भन्ने नारा अघि सार्दै सबै नेपालीबीच एकता र सहकार्यको आवश्यकता पनि औंल्याएका छन् ।

यस्तो छ उनको पोस्ट :

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट