२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

विषम परिस्थितिमा धैर्यता र संयमता अपनाउन एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको आग्रह

बुधवार , भाद्र २५, २०८२

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेता तथा कार्यकर्तामा विषम परिस्थितिमा धैर्य र संयमता अपनाउन आग्रह गरेका छन् । उनले आज सामाजिक सञ्जालमा लेख्दै सामाजिक सद्भाव र अमनचयनका लागि सबैको पहल प्रयत्न आवश्यक भएको उल्लेख गरेका छन् ।

“जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक पद्धति, बहुलवादी मूल्य मान्यता, सामाजिक न्याय, विधिको शासन र रुपान्तरणकारी आन्दोलनकारीप्रति अविचलित रहन पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा आम जनतामा हार्दिक आह्वान गर्दछु”, उनले लेखेका छन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले आन्दोलनका क्रममा भएको अस्वाभाविक बल प्रयोग, त्यसबाट भएको धनजनको क्षति, ऐतिहासिक सम्पदा, सार्वजनिक सम्पत्ति, राजनीतिक दलका कार्यालय र विभिन्न व्यक्तिका निजी निवास तथा सम्पत्तिमा गरिएको हिंसा र तोडफोडप्रति निन्दा तथा भत्सर्ना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट