काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी युवाले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रै पूरा गर्न सकिने बताएका छन्।
आज प्रेस विज्ञप्ति जारी गर्दै उनले संविधानबाहिर खोजिने राजनीतिक निकासले प्रतिगमनलाई फाइदा पुर्याउने चेतावनी दिएका छन्। “लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र हो, गणतन्त्रको विकल्प अझ बलियो गणतन्त्र मात्रै हो,” विज्ञप्तिमा उल्लेख छ।
उनले अहिलेको संविधान सामाजिक न्याय र समावेशिताको दृष्टिले तुलनात्मक रूपमा उत्कृष्ट भएको दाबी गर्दै संविधान कार्यान्वयनमा देखिएका चुनौतीहरूको गम्भीर समीक्षा र आवश्यक परे संशोधनमार्फत मात्रै समुन्नत लोकतन्त्र सम्भव हुने बताएका छन्।
प्रचण्डले आन्दोलनकारी पक्षले पनि संवेदनशीलताका साथ शान्तिपूर्ण र संविधानसम्मत तरिकाले भावी रणनीति बनाउनुपर्नेमा जोड दिएका छन्।



प्रतिक्रिया दिनुहोस