२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

हामीबाट भएका कमजोरीप्रति माफी माग्छु, संविधानलाई टेकेर अघि बढ्नोस् : गगन थापा

बिहिवार , भाद्र २६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘जेनजी’ समूहलाई सम्हालिँदै संविधानलाई टेकेर समाधान खोज्न आग्रह गरेका छन् ।

संविधानभन्दा पर गएर समाधान खोजियो भने केही समयपछि सम्हाल्न नसकिने परिस्थिती सिर्जना हुने बताउँदै जोखिमको अवस्था आउन नदिन जेनजी पुस्तालाई अपिल गरेका हुन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देशमा भनेका छन्, 'मेरो एउटा अनुरोध छ, २०६२/६३ को आन्दोलनबाट एउटा नयाँ संविधान बन्यो। यो संविधान बन्ने बाटो सजिलो थिएन। यो बीचमा हामीले धेरै कुराहरू भोगेका छौं। हामीले गृहयुद्ध भोग्यौं। ठूलो जातीय युद्ध भोग्यौं। नेपालभित्र आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिम, अल्पसंख्यक, महिला थुप्रैका माग मुद्दामा सन्तुलन मिलाएर बनाएको संविधान हो यो। एउटा सन्तुलन खोजेर बनाइएको संविधान हो यो।,’ उनले भनेका छन्, ‘अहिले कोही बोलेको छैन। तर, आफ्ना अधिकारहरू खोसियो भन्ने पर्‍यो भने फेरि सबैले बोल्ने अवस्था आउँछ। कसैले सम्हाल्न सक्दैनौं हामीहरूले। त्यसैले संविधानको निरन्तरताबारे तपाईंहरूले ख्याल गर्नैपर्छ।’

उनले आफूहरूबाट भएका गल्ती, कमजोरीप्रति माफी माग्दै सुध्रने वाचा गरेका छन् । साथै, ‘जेनजी’को आक्रोशप्रति पनि माफी मागेका छन् । “म तपाईंहरूको फ्रस्टेसन बुझ्छु । मेरो ठाउँबाट जति गर्नुपर्थ्यो, त्यो गर्न नसेकोमा सबैभन्दा पहिले माफी माग्छु,' उनले भनेका छन् ।

उनले सरकार निर्माणमा सहभागी हुन, जेनजी आन्दोलनको क्रममा भएको हत्या र विध्वंशात्मक प्रदर्शनको छानबिन गरी दोषीमाथि कारबाही गर्न, बलियो कानुन निर्माण गरेर २०४६ यता सार्वजनिक ओहदामा बसेका सबैको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि आग्रह गरेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट