काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको बताएका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘देशको अहिलेको बिषम परिस्तिथिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु ।’
त्यस्तै, उनले मुलुकको वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् ।
शान्ति र सुव्यवस्था कायम गर्न सहयोगको लागि सबैलाई अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस