काठमाडौँ । कांग्रेस नेता तथा संसदीय सुनुवाइ समितिका सभापति रामहरि खतिवडाले संविधान अनुसार सरकार बन्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
उनले देशमा सबै जलेको भन्दै अब बाँकी रहेका संविधान र नेपाल जल्न नहुने बताएका छन् ।
उनले भनेका छन्, ‘संसद् भवन जल्यो, सिंहदरबार जल्यो, सर्वोच्च अदालत र अदालतहरू जले, राष्ट्रपति कार्यालय जल्यो, राष्ट्रपति निवास पनि जल्यो । प्रधानमन्त्री कार्यालय र निवास जल्यो । धेरै संरचना जले । अब देशमा भएको संविधान नजलोस्, नेपाल नजलोस् । संविधान अनुसार सरकार बनोस् ।’
भदौ २३ र २४ गते भएको भ्रष्टाचार विरोधि आन्दोलनमा देशका विभिन्न ठाउँमा नेता घरहरु र सार्वजनिक भवन जलेका थिए ।

प्रतिक्रिया दिनुहोस