२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

आज २०८२ साल भदौ २७ गते शुक्रबारको राशिफल

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौं । आज २०८२ साल भदौ २७ गते शुक्रबार। तदनुसार सन् २०२५ सेप्टेम्बर १२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ हेरौं ।

मेष : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। सामाजिक कामको प्रशंसा हुनेछ। राजनीतिक क्षेत्रमा उच्च तहका व्यक्तिको साथ मिल्नेछ। परिवारभित्र भने सानो कुरामा मनमुटाव हुने जोखिम छ।

वृष : दिन सामान्य छ। साथीले विरोध गर्नेछन्। व्यापारमा लगानी नगर्नु राम्रो हुन्छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा भने संकट आइपर्ने खतरा छ। प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम छ।

मिथुन : दिन राम्रो छ। बोलीको प्रभावले राम्रा काम बन्नेछन्। बोल्दा सोचेर बोल्नु उचित हुन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा र सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। परिवारको साथमा रमाइलो यात्रा हुनेछ।

कर्कट : दिन राम्रो छ। लगानीका लागि हिम्मत गर्नुपर्ने दिन छ। व्यापारमा फाइदा हुनेछ। कृषिमा गरेको लगानीबाट नाफा हुनेछ। औषधी नियमित हुन नसक्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ। सामाजिक क्षेत्रमा भने बढुवा हुनेछ।

सिंह : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा प्रगति हुनेछ। राजनीतिमा उच्च तहको नेतृत्वको साथ मिल्नेछ। परिवारभित्र भने खटपटी बढ्ने जोखिम छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन सामान्य छ। कामको बोझ थपिने छन्। साथीको असहयोगले मन खिन्न बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। कृषि र पशुपालनमा राहत मिल्नेछ। प्रेममा मनमुटाव हुनेछ।

तुला : दिन राम्रो छ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा प्रशंसा बढ्नेछ। राजनीतिक क्षेत्रमा सााथीको साथ मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने योग छ। यात्रा सहज बन्नेछ।

वृश्चिक : दिन सामान्य छ। कामको बोझले मन थकित हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने समय छ। स्वास्थ्यमा भने सुधार हुनेछ। राजनीतिक क्षेत्रमा भन्दा सामाजिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ। सहकार्य गरेर व्यापार गर्नु उचित हु्रन्छ।

धनु : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। सानो प्रयासले महत्त्वपूर्ण काम बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। राजीतिक र सामाजिक क्षेत्रमा उच्च तहका व्यक्तिसँग भेट हुनेछ।

मकर : दिन सामान्य छ। पूर्वको यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षामा प्रगति हुनेछ। गुरुले भने असहयोग गर्ने जोखिम छ। संयुक्त लगानी गर्नु उचित हुन्छ। आफ्नो हातले लगानी नगर्नु उचित हुन्छ।

कुम्भ : दिन सामान्य छ। अनावश्यक यात्रा हुनेछ। खर्च बढ्ने जोखिम छ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुन्छ।

मीन : दिन सामान्य छ। सम्पत्तिको पछाडि लाग्दा समयको वर्वाद हुनेछ। शरीरमा थकान र मनमा झन्झट बढ्नेछ। परिवारले असहयोग गर्ने भएकाले मन अशान्त बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट