२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन सहमति, संसद् विघटनमा कुरा नमिलेपछि आज पुनः छलफल

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनबारे शुक्रबार बिहानदेखि पुनः छलफल सुरु भएको छ । बिहीबार दिनभर र रातभर चलेको परामर्शमा संसद् विघटन गर्ने–नगर्ने विषयमा सहमति नजुटेपछि निष्कर्षमा पुग्न नसकेपछि आज पुनः वार्ता हुने भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश कार्की, संविधानविद् तथा जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग छलफल गरेका थिए । संसद् विघटनमा मतभेद कायम रहे पनि कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद् अध्यक्ष नियुक्त गर्ने विषयमा भने सहमति जुटिसकेको स्रोतले जनाएको छ ।

कार्कीले जिम्मेवारी लिन सकारात्मक प्रतिक्रिया दिएकी छिन् । यसअघि उनलाई अघि बढाउने विषयमा नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताले समेत सकारात्मक धारणा व्यक्त गरेका थिए ।

जेनजी आन्दोलनकारीहरूले भने संसद् विघटनलाई आफ्ना मागको मुख्य एजेन्डा बनाएका छन् । संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्री संसद् सदस्य हुनुपर्ने बाध्यता भएकाले वैकल्पिक उपायबारे राष्ट्रपति पौडेलले संविधानविद्हरूसँग राय लिएका थिए ।

सोमबारदेखि सुरु भएका जेनजी प्रदर्शनमा प्रहरीको अत्यधिक बल प्रयोगका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ भने २०० भन्दा बढी घाइते भएका छन् । संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालतमा समेत आगजनी भएपछि सुरक्षा निकाय र राजनीतिक नेतृत्वले अन्तरिम सरकार गठनबारे पहल तीव्र पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट