२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

शुक्रवार , भाद्र २७, २०८२

हुम्ला । बडादशैँ र तिहारलगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।

विगतका वर्षमा झैँ यस वर्ष पनि सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गर्न लागिएको हो । कम्पनीका अनुसार वर्ष चामल, तेल र चिनी सहुलियत मूल्यमा उपलब्ध गराइनेछ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाका प्रमुख कृष्णबहादुर थापा मगरले भदौ ३० गतेदेखि सहुलियत पसल सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार खाद्यान्न र चिनीमा प्रतिकेजी ५ छुट दिइनेछ भने तेलमा प्रतिलिटर सात छुट दिइनेछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट