काठमाडौं । अन्तरिम सरकार गठनमा देखिएको कानुनी जटिलता समाधान गर्न राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार विभिन्न सरोकारवाला पक्षसँग परामर्श गरिरहेका छन् ।
जेनजी आन्दोलनका मागअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिनेबारे सहमति भए पनि संवैधानिक प्रक्रिया चुनौती बनेपछि राष्ट्रपति सक्रिय भएका हुन् ।
कानुनविद्हरुसँग परामर्श भइरहेका बेला जेनजी अभियन्ता सुदन गुरुङलाई समेत शीतल निवास बोलाइएको छ । जेनजी प्रतिनिधिहरू संविधानको दायरामै रहेर निकास खोज्ने पक्षमा सकारात्मक देखिएकाले अन्तरिम सरकार आजै गठन हुने सम्भावना प्रबल देखिएको छ ।
यसैबीच, राष्ट्रपति कार्यालयले शुक्रबार बिहानै गृह मन्त्रालयका कर्मचारीलाई नयाँ प्रधानमन्त्रीको स्वागतका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस