२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

अन्तरिम सरकारबारे डा. भट्टराईको समर्थन, संविधानको जगमा टेकेर अघि बढे हितकर हुने भनाइ

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रस्तावित अन्तरिम सरकार प्रमुखका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गरेका छन् । जेनजी युवाबाट कार्कीको नाम सिफारिस हुनु सकारात्मक रहेको भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै बताएका हुन् ।

उनका अनुसार संविधानको जगमा टेकेर राष्ट्रपति रामचन्द्र पौडेलले विधिवत शपथ गराई अहिलेको अन्योल चाँडै अन्त्य गर्नुपर्छ । संविधानसम्मत र लोकतान्त्रिक विधि निर्धारण गर्न संविधानविद् र जानकारसँग राय लिनुपर्ने उनले औंल्याए ।

भट्टराईले २०६९ सालमा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद् अध्यक्ष नियुक्त गरिएको सन्दर्भ अहिले मेल नखाने स्पष्ट पारे । उनका अनुसार त्यो बेला अन्तरिम संविधानमै राजनीतिक सहमतिका आधारमा निर्णय गर्न सकिने व्यवस्था थियो तर वर्तमान संविधानमा त्यस्तो प्रावधान छैन ।

संविधानसभाबाट बनेको नेपालको पहिलो स्थायी संविधानको जगमै टेकेर अघि बढ्नु दीर्घकालीन रूपमा जेनजीको हितमा हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट