२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

९ बजेलाई बोलाइएको शीतल निवास वार्ता दुई बजेलाई सर्‍यो, संसद् विघटन गर्न जेनजीको जोड

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबारदेखि सुरु भएको अन्तरिम सरकार गठनबारेको वार्ता शुक्रबार दिउँसो २ बजेका लागि सारिएको छ । कार्यालय स्रोतका अनुसार आन्तरिक तयारी पूरा गर्न समय आवश्यक भएको कारण बैठक सारिएको हो ।

अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा दलहरूसँग सहमति भए पनि संविधानअनुसार प्रक्रिया पूरा गर्ने तरिकामा अन्योल देखिएको छ । संविधानअनुसार प्रधानमन्त्री प्रतिनिधिसभा सदस्य हुनुपर्ने प्रावधानले वार्ता सहमतिमा पुग्न नसकेको स्रोतले बताए ।

बिहीबार मध्यरातदेखि सुरु भएको सर्वपक्षीय छलफल शुक्रबार बिहान ३ बजेसम्म चलेको थियो । जेनजी आन्दोलनका युवाहरूले संसद् विघटनलाई मुद्दा बनाएका छन् भने राष्ट्रपति पौडेलले संविधानको धारा ६१ (४) अन्तर्गत ‘बाधा अड्काउ फुकाऊ’ प्रावधान प्रयोग गर्न सकिने–नसक्नेबारे संविधानविद्हरूसँग परामर्श गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट