२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

देश निकासको मार्ग राष्ट्रिय मेलमिलाप र संविधान संशोधनबाट मात्र सम्भव : सांसद् शर्मा

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सांसद् डा. सुनिलकुमार शर्माले तत्काल संकट समाधानका लागि अन्तरिम सरकार गठनदेखि संविधान संशोधनसम्मका ठोस कदम चाल्नुपर्ने बताएका छन्।

भदौ २३ र २४ गतेको आन्दोलनमा सहादत प्राप्त गरेका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

शुक्रबार विज्ञप्तिमार्फत उनले भनेका छन्, “सहादत प्राप्त हुनुभएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दछु। घाइते युवाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। यो पीडादायी क्षणलाई हामीले सुधारको अवसरमा रूपान्तरण गर्नुपर्छ।”

उनले आन्दोलनरत युवा समूह, सबै राजनीतिक दल, नागरिक समाज र संवैधानिक विज्ञहरूको सहभागितामा संविधान संशोधनमार्फत दीर्घकालीन समाधान खोज्नुपर्ने उल्लेख गरेका छन्।

उनले प्रस्तुत गरेका प्रमुख प्रस्तावहरू यसप्रकार छन् :

- अन्तरिम सरकार गठन स् स्वच्छ छविका व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुपर्ने।

- छ महिनादेखि एक वर्षभित्र आम निर्वाचन स् निर्वाचनसँगै संविधानिक राजतन्त्र र धर्मका विषयमा जनमत सङ्ग्रह गर्ने।

- शक्ति सन्तुलन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्ने, एक व्यक्तिले दुई पटकभन्दा बढी राष्ट्रपतिरप्रधानमन्त्रीरमन्त्री हुन नपाउने व्यवस्था गर्ने।

- न्यायालय सुधार : विगतमा भएका राजनीतिक नियुक्तिका आधारमा पद पाएका न्यायाधीशलाई पदमुक्त गरी स्वतन्त्र निकायमार्फत न्यायाधीश नियुक्त गर्ने।

- भ्रष्टाचार छानबिन : उच्चस्तरीय स्वतन्त्र आयोग गठन गरी २०४६ सालपछि भएका सबै उच्च ओहोदाधारीको सम्पत्ति छानबिन गर्ने र अवैध सम्पत्ति राष्ट्रियकरण गर्ने।

- राजनीतिक दल सुधार : राजनीतिक दलको पदाधिकारीहरुको कार्यकाल ४ वर्षमा सीमित गर्ने, अनिवार्य महाधिवेशन नगरेमा दलको दर्ता स्वतः खारेज गर्ने।

- विशेष आयोगको सिफारिसमा मात्र विशेष अधिवेशन : संसदलाई अस्थायी रूपमा निष्क्रिय राखी, आवश्यक परेमा उच्चस्तरीय आयोगको सिफारिसमा मात्र विशेष अधिवेशन बोलाउने।

शर्माले थपे, “यो केवल सरकारको संकट होइन, प्रणालीगत संकट हो। अब दलहरूले छलकपट र दाउपेच त्यागेर इमानदारीपूर्वक नयाँ बाटो रोज्नुपर्छ। युवाको सपना, आमजनताको अपेक्षा र लोकतान्त्रिक मूल्य सुरक्षित गर्न हामी सबैले संविधानभित्रको बाटो अपनाउनुपर्छ।”

उनले राष्ट्रपतिलाई, आन्दोलनरत युवाहरूलाई, राजनीतिक दलहरूलाई र नागरिक समाजलाई “राष्ट्रिय एकता, संयमता र मेलमिलापमार्फत नै मुलुकलाई निकास दिन” आह्वान गरेका छन्।

डा. शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुन्। उनी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट