२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

सभामुख र राष्ट्रिय सभाध्यक्षको वक्तव्य : विधिको शासन र संविधानवादबाट बाहिर जानु हुँदैन

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकार निर्माणका क्रममा विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताएका छन्।

उनीहरुले आज संयुक्त वक्तव्य जारी गरी आन्दोलनरत पक्षका माग सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन सबैलाई अपिल गरेका हुन् ।

सभामुख घिमिरे र अध्यक्ष दाहालले वक्तव्यमार्फत देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपति रामचन्द्र पौडेलले पहल गरिरहेको जानकारी गराएका छन् ।

वक्तव्यमा भनिएको छ, ‘यही भदौ २३ र २४ गते भएको जेन–जीको आन्दोलनका क्रममा भएको जनधनको क्षतिले हामीलाई स्तब्ध बनाएको छ, आन्दोलनको क्रममा ज्यान गुमाउनु हुने सबैप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।’

आन्दोलनका क्रममा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुले उपचारमा कुनै कमी हुन नदिन राज्यका सम्बन्धित संयन्त्रहरूलाई आग्रह गरेका छन् ।

यही भदौ २४ गते बानेश्वरस्थित सङ्घीय संसद्भवन, सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयलगायत विभिन्न सरकारी कार्यालय, सरकारी तथा निजी आवास, सञ्चार गृह, व्यापारिक प्रतिष्ठान एवम् सार्वजनिक सम्पत्ति तथा ऐतिहासिक दस्तावेज नष्ट हुनेगरी भएको आगजनी र तोडफोडले मर्माहत बनाएको सभामुख र अध्यक्षको भनाइ छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट