काठमाडौं । नख्खु कारागार प्रशासनले भदौ २४ गतेको घटनापछि फरार भएका सबै कैदी बन्दीलाई सम्पर्कमा आउन अपिल गरेको छ ।
प्रशासनले तत्काल जेलमा नफर्किए भविष्यमा प्राप्त हुने कानूनी अधिकार, सुविधा र सामाजिक पुनःस्थापना प्रक्रियामा असर पर्ने चेतावनी समेत दिएको छ ।
जेनजी आन्दोलन हिंसात्मक बन्दै गएपछि रास्वपा सभापति रवि लामिछानेसहितका कैदीबन्दीहरु नख्खु जेलबाट बाहिरिएका थिए ।
नख्खु कारागारबाट १४ सय कैदी बन्दी बाहिरिएका थिए । तीमध्ये पूर्व राज्यमन्त्री सञ्जय टकलासहित केहीलाई प्रहरीले काभ्रेको मंगलटारबाट पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस