२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

गृहको लागि बनाइएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय राख्ने तयारी

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौं । गृह मन्त्रालयको लागि बनाइएको नयाँ भवनबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नियमित कार्य आरम्भ गरिने भएको छ।

तयारी स्वरुप अहिले सो भवनमा प्रधानमन्त्रीका लागि बस्ने कुर्सीदेखि, सचिवालय, मन्त्रिपरिषद् बैठकका लागि आवश्यक फर्निचर, सोफा कार्पेटहरूको व्यवस्थापन कार्य भइरहेको छ ।

मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री कार्यालयको भवनमा क्षति पुगेकाले मर्मतसम्भार भएर सञ्चालनमा आउने अवस्था नहुन्जेल गृहको नयाँ भवनबाट कार्यारम्भ गर्न लागिएको जानकारी दिए।

५६ करोड ४३ लाख ६३ हजार रुपैयाँ लागतमा बनेको यो भवन सिंहदरबारमा बनेकामध्येकै अत्याधुनिक छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट