२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

'सेभ द कन्स्टिच्युसन' नारा लेखिएको प्लेकार्ड बोकेर मौन प्रर्दशन

शुक्रवार , भाद्र २७, २०८२

विराटनगर । जारी राजनीतिक संकटको समाधान संविधान भित्रबाटै खोज्नुपर्ने माग गर्दै विराटनगरमा मौन प्रदर्शन गरेका छन् ।

शुक्रबार विराटनगरको मोरङ जिल्ला बार एशोसिएसनमा भेला भएर कानुन व्यवसायी, पत्रकार र पेशाकर्मीहरुले हातमा सेभ द नेसन, सेभ द कन्स्टिच्युसन भन्ने नारा लेखिएको प्लेकार्ड बोकेर मौन प्रर्दशन गरेका हुन् ।

नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासंघलगायत शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल पापडलाई अहिले सक्रिय पारिएको छ । जनअधिकार रक्षा गर्न विगतमा जस्तै अहिले पनि पापड अन्तर्गत पेशाकर्मीहरु क्रियाशील बनेका छन् ।

नेपाल पत्रकार महासंघ मोरङले आगजनी भएका कार्यालयमा सरसफाई गर्ने नेपाल पत्रकार महासंघ मोरङले भदौ २८ गते बिहान ७ः३० बजेबाट तोडफोड तथा आगजनी भएका कार्यालयको सरसफाइ अभियान सुरु गर्ने भएको छ ।

महासंघका सचिव नेत्र पी अधिकारीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अन्तिम समय पत्रकार र प्रशिक्षण संस्था चलिरहेको धम्की, आक्रमण र दबाबको घटना बढ्दै गएकोले पहिला आफ्नो सुरक्षामा ध्यान दिन आग्रह गरेको छ ।

संघले निष्पक्ष, स्वतन्त्र रुपमा समाचार संकलन गर्नुपर्ने भन्दै रिपोर्टिङको समयमा उत्पन्न हुने, सम्भावित धकी, आक्रमण वा धरपकड भएमा महासंघ मोरङलाई जानकारी दिन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट