२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

शीलतनिवासमा जुट्यो यस्तो सहमति, सुशीला कार्की सरकार प्रमुख बन्ने

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौं । शीलतनिवासको छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको छ । शुक्रबार दिनभर भएको छलफलमा यस्तो सहमति भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलमा प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको छ । यसअघि पौडेलले प्रतिनिधिसभा विघटन गर्न मानेका थिएनन् ।

आन्दोलनकारी युवाले शितलनिवास घेर्ने चेतावनी दिएपछि पौडेलले प्रतिनिधिसभा विघटनको निर्णय गर्न लागेका हुन् ।

त्यसलगत्तै सुशीला कार्कीलाई प्रधानमन्त्रीमा शपथ गराउने तयारी छ । कार्कीको शपथ ९ बजे हुनेछ ।

यसअघि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट