२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ ९ बजे, आजै मन्त्रिपरिषद् बैठक बस्ने

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले ९ बजे शपथ लिएलगत्तै मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

उक्त बैठकमा प्रधानमन्त्री कार्कीले संसद विघटनको सिफारिस गर्ने तयारी गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले संसद् विघटन गर्नेछन् ।

कार्की अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएसँगै उनको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने तयारी छ । तीन सदस्यीय मन्त्रिमण्डलका लागि मन्त्री बन्नेहरूको नाम फाइनल हुँदैछ ।

जेनजी पुस्ताका युवाहरूले गत सोमबार र मंगलबार भ्रष्टाचार, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लगायत विरुद्ध देशभर प्रदर्शन गरेका थिए ।

जेनजीको प्रदर्शन उग्र बनेपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि कार्की अन्तरिम सरकारको प्रमुख भएकी हुन् ।

पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । संविधानको धारा ६१ (४) मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर लेखिएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट