२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रपतिसमक्ष शपथ ग्रहण

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शुक्रबार राती ९ः४५ बजे पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

राष्ट्रपति पौडेलले कार्कीलाई संविधानको धारा ६१ अनुसार प्रधानमन्त्री पदमा पदमा नियुक्त गरेका हुन् । यससँगै, उनी नेपालको पहिलो महिला प्रधानमन्त्री समेत बनेकी छन् ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायत उपस्थित थिए ।

जेनजीको प्रदर्शन उग्र बनेपछि केपी शर्मा ओलीले प्रधानमन्त्री मंगलबार पदबाट राजीनामा दिएपछि कार्की अन्तरिम सरकारको प्रमुख भएकी हुन् ।

पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । संविधानको धारा ६१ (४) मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर लेखिएको छ ।

राष्ट्रपति पौडेलले कार्कीलाई आजै (शुक्रबार) अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन् । उनलाई ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट