काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आज एक समारोहबीच पद तथा गोपनियताको शपथग्रहण गरेकी छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शपथ गराएका हुन् ।
राष्ट्रपतिले शपथपछि नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिएका छन् ।
नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिँदै राष्ट्रपतिले भने, ‘धेरै धेरै बधाई छ । धेरै धेरै शुभकामना । तपाईं सफल हुनुहोस् । देश सफल होस् ।’
https://sunaulonepal.com/content/382537/
प्रतिक्रिया दिनुहोस