२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

नवनियुक्त प्रधानमन्त्री कार्कीलाई संयुक्त राष्ट्रसंघको बधाई, सहकार्यको प्रतिबद्धता

शनिवार , भाद्र २८, २०८२

काठमाडौं । नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हम्डीले नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएकी छन् ।

संयुक्त राष्ट्रसंघ नेपालद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री कार्कीको नियुक्तिप्रति शुभकामना व्यक्त गर्दै नेपाली जनताको शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको आकांक्षामा साथ दिने प्रतिबद्धता दोहोर्याइएको छ ।

‘यो महत्वपूर्ण मोडमा संयुक्त राष्ट्रसंघ नेपाली जनताको शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको आकांक्षामा साथ दिन प्रतिबद्ध छ,’ संयोजक हम्डीले भनिन् ।

सन्देशमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोक सिग्देल तथा नयाँ पुस्ताका युवा नेताहरूको योगदानको प्रशंसा गरिएको छ । परिवर्तनको क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरिएको छ ।

प्रधानमन्त्री कार्कीलाई सफल कार्यकालको शुभकामना दिँदै संयुक्त राष्ट्रसंघले नेपालको स्थायित्व, मानव अधिकार र दिगो विकास यात्रामा सरकारसँग सहकार्य गर्दै अघि बढ्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट