२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

उपत्यकासहित विभिन्न जिल्लामा सेनाले लगाएको कर्फ्यू र निषेधाज्ञा हट्यो, जनजीवन सामान्य बन्दै

शनिवार , भाद्र २८, २०८२

काठमाडौं । नेपाली सेनाले उपत्यकासहित विभिन्न जिल्लामा जारी गरेको कर्फ्यू र निषेधाज्ञा हटाएको छ ।

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई नियन्त्रण गर्न सेनाले चार दिनदेखि दैनिक रूपमा निषेधाज्ञा र कर्फ्यू आदेश जारी गर्दै आएको थियो । तर शनिबार साँझपछि नयाँ सूचना नआएपछि आज बिहान ६ बजेदेखि कर्फ्यू हटेको सेनाका प्रवक्ता राजाराम बस्नेतले पुष्टि गरे ।

कर्फ्यू र निषेधाज्ञा हटेसँगै आज बिहानैदेखि काठमाडौं उपत्यकामा चहलपहल बढेको छ र जनजीवन सामान्य बन्दै गएको छ ।

यसअघि अत्यावश्यक कामका लागि बिहान ६ देखि ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म मात्र आवागमन खुला गरिँदै आएको थियो । बाँकी समयमा निषेधाज्ञा र कर्फ्यू लागू थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट