२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

भारतीय प्रधानमन्त्री मोदीले शुभकामना दिँदै भने : नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ

शनिवार , भाद्र २८, २०८२

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई पदभार ग्रहण गरेको अवसरमा शुभकामना दिएका छन् । उनले नेपाल र नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

मोदीले आफ्नो एक्स (ट्विटर) अकाउन्टमा लेखेका छन्, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ।”

यसअघि भारतीय विदेश मन्त्रालयले पनि नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दै सुशीला कार्कीको नेतृत्वमा शान्ति र स्थिरता प्रवर्द्धनमा सहयोग पुग्ने आशा व्यक्त गरेका थिए ।

भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा नेपालको सरकारसँग मिलेर दुई देश र जनताको कल्याण र समृद्धिका लागि काम जारी राख्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

नेपालमा हालको राजनीतिक परिस्थितिअन्तर्गत, संसद विघटन भइसकेको छ र आगामी फागुन २१ गते मध्यावधि निर्वाचनका लागि तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट