२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

पार्टीमा आत्मसमिक्षा, आत्मालोचना र आत्मसंकल्पसहित नयाँ ढंगले अघि बढ्नुपर्छ : विश्वप्रकाश शर्मा

शनिवार , भाद्र २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी अब पार्टीमा आत्मसमिक्षा, आत्मालोचना र आत्मसंकल्पसहित नयाँ ढंगले अघि बढ्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।

उनले सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्ने बताएका छन् ।

त्यस्तौ उनले राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन र सांसद चार पटक भन्दा बढी बन्न नपाउने व्यवस्था गर्नुपर्ने समेत बताएका छन् ।

महामन्त्री शर्माले कांग्रेस, एमाले र माओवादीका नेतृत्वलाई सक्रिय राजनीति छाडेर अभिभावकीय भूमिका खेल्न असार १ गते झापाको धुलावारीबाट सुझाव दिएको तर नमानेको पनि उल्लेख गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट