काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले घोषित मितिमै आम निर्वाचन सम्पन्न गर्न माग गरेका छन् ।
अन्तरिम सरकार गठन भएपछि उनले विभिन्न चार माग अघि सारेका हुन् । जसमा उनले भाद्र २३ गते आन्दोलनकारी जेनजीहरूमाथि बर्बर नरसंहारकारी गर्ने र भाद्र २४ गते सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालतलगायत राष्ट्रिय महत्वका संरचना तथा व्यावसायिक, निजी संरचना ध्वंस गर्ने तत्त्वहरू पनि छानबिन गरी दोषीहरूमाथि कारबाही गर्नुपर्ने बताएका छन् ।
त्यस्तै, २०४७ सालदेखि सरकार, संसद् र सार्वजनिक लाभका पदमा रहनेहरूको सम्पत्ति छानबिन गरी अनियमित रूपमा आर्जित सम्पत्ति राष्ट्रियकरण गर्न पनि माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस