२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

अमेरिकाद्वारा राष्ट्रपति र प्रधानसेनापतिको प्रशंसा, अन्तरिम सरकारसँग सहकार्य गर्न तयार

आइतवार , भाद्र २९, २०८२

काठमाडौं । संयुक्त राज्य अमेरिकाले जेनजी युवा आन्दोलनको क्रममा भएका दु:खद् घटनापछि शान्तिपूर्ण समाधान निस्किएको भन्दै स्वागत गरेको छ ।

आन्दोलनपछि लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल, युवा नेताहरू र प्रधानसेनापति अशोकराज सिग्देलको उच्च प्रशंसा समेत अमेरिकाले गरेको छ ।

अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘संक्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौँ ।’

अमेरिकाले अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग सहकार्य गर्न चाहेको समेत उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट