काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिएको छ ।
जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले पुष्टि गरे । शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।
जेनजी आन्दोलनका क्रममा भाटभटेनी लगायत देशका विभिन्न स्थानमा रहेका सरकारी र निजी संरचनाहरुमा आगजनी भएको थियो ।
प्रतिक्रिया दिनुहोस