काठमाडौं । जेनजी आन्दोलनमा काठमाडौं लगायत देशभर भएको प्रदर्शन क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १०/१० लाख दिने निर्णय भएको छ।
आइतबार पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी छन् ।
प्रदर्शन क्रममा घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गरिने मुख्य सचिव एकनारायण अर्यालले दिएका जानकारी दिए । प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ।
त्यसमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदी र ३ जना प्रहरी कर्मचारी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस