२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

अनिश्चितकालका लागि रोकियो लाइसेन्स छपाइ र वितरण

आइतवार , भाद्र २९, २०८२

काठमाडौं । सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतको सूचना प्रविधिसम्बन्धी सबै प्रणाली अनिश्चितकालका लागि बन्द भएको छ । यातायात व्यवस्था विभागले आइतबार एक सूचना प्रकाशित गर्दै सो जानकारी गराएको हो ।

जेनजी आन्दोलनको क्रममा यातायात व्यवस्था विभागको संरचनामा तोडफोड, आगजानी तथा चोरी र लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति पुग्न गएकाले सेवा अवरुद्ध भएको विभागले जनाएको छ ।

विभागको सूचनामा भनिएको छ, ‘सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवा अवरुद्ध हुन पुगेको विषम परिस्थितिमा अर्को सूचना नभएसम्मको लागि सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सुचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने बेहोरा जानकारीका लागि अनुरोध छ ।’

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट