२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

भाटभटेनी लुटपाटका सामान फिर्ता गराउने अभियानमा पारुल क्षेत्री

आइतवार , भाद्र २९, २०८२

विराटनगर । विराटनगरका सामाजिक अभियन्ता पारुल क्षेत्री संकटको समयमा सहयोगी बनेर निस्किएका छन् । उनी तीन दिनदेखि भाटभटेनीबाट लुटिएका सामान फिर्ता गराउने अभियान सक्रिय भएर लागेका छन् ।

भदौ २४ गते दिउँसो ‘जेनजी आन्दोलन’का क्रममा उच्छृंखल समूहले भाटभटेनीमा गरेको लुटपाटपछि क्षेत्रीले चोरी भएका सामान खोजी गरेर फिर्ता गर्ने अभियानमा लागेका हुन् । यसका लागि उनले सार्वजनिक रूपमा सूचनाको आग्रह गर्दै माइकिङ गरेका छन् भने सामाजिक सञ्जालमा भिडिओ सन्देशहरू पनि राखेका छन् ।

वरिपरीका व्यक्तिहरुले दिएको जानकारीको आधारमा उनले लुटिएका सामग्रीहरू फिर्ता गराइरहेका छन् । शनिबार बिहान मात्रै उनले विद्यार्थीहरू बस्ने कोठामा पुगेर, “तपाईँहरूले भाटभटेनीबाट ल्याएका सामान भए फिर्ता गर्नुहोस्” भन्दै अनुरोध गरेका थिए । सुरुमा नमान्ने विद्यार्थीहरूले पछि सामान फिर्ता गरेका थिए ।

“अहिलेसम्म यो काम एक्लै गर्दैछु, नेतादेखि मेयर, सांसद वा अन्य जनप्रतिनिधि कोही देखिएको छैनन् । विराटनगरलाई मुर्दा सहर बनाउन मिल्दैन, हामी अझै ज्युँदै छौँ,” क्षेत्रीले भने ।

उनको भनाइमा, चोरी भएका सामानका भिडियो सार्वजनिक गरेपछि धेरै व्यक्तिहरू डराएर सामान फिर्ता गर्न थालेका छन् । त्रिमूर्ति चोक, सरोचिया, झरना चोक, जतुवालगायत ठाउँबाट फिर्ता ल्याइसकिएको उनले बताए ।

विराटनगरका सरकारी कार्यालयबाट चोरी भएका ल्यापटप तथा कम्प्युटरहरु पनि धमाधम फिर्ता भईरहेको क्षेत्रीले जानकारी दिए । सरकारी कार्यालय तथा निजी क्षेत्रमा भएको तोडफोड र आगजनीको समयमा चोरी भएका सामानहरु सबै फिर्ता गराउने अभियानमा आफू लागेको उनले बताए । संकटमा बेलामा सहयोग आवश्यक पर्ने बताउँदै क्षेत्री यो अभियानमा साथ दिन सबैलाई आग्रह समेत गरेका छन् ।

हरित अभियान सञ्चालन गर्दै आएका अभियन्ता क्षेत्री अहिले भाटभटेनीमा भएको लुटपाटका सामान फिर्ता गराउने अभियानमै पूर्ण रूपमा संलग्न भएका छन् ।

विराटनगरको भाटभटेनी सहित अधिकांश सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट