२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

मन्त्री छनोटप्रति असन्तुष्टि, मध्यराति बालुवाटार पुगेर सुदन समूहको नाराबाजी

सोमवार , भाद्र ३०, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङ नेतृत्वको समूहले आइतबार मध्यराति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ ।

मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै युवाहरु नाराबाजीमा उत्रिएका हुन् । जेनजी आन्दोलनमा मृत्यु भएकाका परिवारका सदस्य समेत सहभागी भएको नाराबाजीमा ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नाराहरु गुञ्जिएका थिए ।

बालुवाटारस्थित तीन नम्बर गेटमा सम्बोधन गर्दै सुदन गुरुङले भने, “सबैभन्दा शक्तिशाली नेपाली जनता हुन्, कसैले रोक्न सक्दैन । जुन ठाउँमा राखेका छौं, त्यहाँबाट निकालिदिन्छौं ।”

गत शुक्रबार सुदन नेतृत्वको ‘हामी नेपाल’ समूहकै प्रस्तावमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन् । तर, आइतबार गृहमा ओम प्रकाश अर्याल, अर्थमा रामेश्वर खनाल र ऊर्जामा कुलमान घिसिङलाई मन्त्री नियुक्त गरेको सार्वजनिक भएपछि असन्तुष्टि बढेको हो ।

सुदन गुरुङले विशेषगरी गृहमन्त्री बनेका ओमप्रकाश अर्यालको नाम लिएर आक्रोश व्यक्त गर्दै, “यो ओमप्रकाश ल्याएर आफैंले गृहमन्त्री बनाएछ भित्र बसेर,” भनेका थिए ।

नाराबाजीपछि प्रधानमन्त्री निवास वरिपरि सुरक्षाकर्मीको तैनाथी थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट