२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

सोमवार , भाद्र ३०, २०८२

बागलुङ । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१३ कालाखोला बगर र जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाले जानकारी दिए ।

पहिरोका कारण उक्त खण्डमा यातायात सेवा ठप्प भएको छ । कालाखोला छेत्रमा यसअघि पनि पहिरो खसेको थियो । पहिरोका कारण खुलाउन समस्या भइरहेको छ ।

कालीगण्डकी करिडोर आयोजना, निर्माण व्यवसायी र बागलुङ नगरपालिकाले वर्षा रोकिएपछि सडक खुलाउन प्रयास गर्ने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट