काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले छिटो र सुविचारित ढंगले पार्टीलाई पुनर्गठन गर्न आग्रह गरेका छन् ।
जेनजी युवाको आन्दोलनपछि एमाले नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएपछि बास्कोटाले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
उनले आज फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनर्गठन गरौँ। समय, परिवेश, प्रकृति, प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनैपर्छ ।’’
राजनीतिक दलविना गणतन्त्र र गणतन्त्र विना समाज नबाँच्ने पनि उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस