२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

तलब-भत्ता नलिने घोषणा गर्दै ऊर्जामन्त्री घिसिङले भने : १८ घण्टा काम गर्नुपर्ने समय आयो

सोमवार , भाद्र ३०, २०८२

काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गर्दै ऐतिहासिक घोषणा गरेका छन् ।

मन्त्री घिसिङले आफूले पाउने तलब, भत्ता तथा सुविधाहरू व्यक्तिगत रूपमा प्रयोग नगरी सबै रकम सहिद परिवारको कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।

पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश बनाउन अब ८ घण्टा हैन, १८ घण्टा काम गर्नुपर्ने समय आएको स्पष्ट पारे । उनले सबै कर्मचारीलाई इमानदारीपूर्वक काम गर्न आह्वान गरे ।

मन्त्री घिसिङले पदभार ग्रहणसँगै पहिलो निर्णय स्वरूप विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने प्रक्रिया तत्काल अघि बढाउने घोषणा गरे । साथै, उनले खादा, माला, अबिर जस्ता औपचारिक सत्कारको प्रथालाई त्याग गर्दै आफूले यस्तो केही नलिने पनि सार्वजनिक रूपमा बताएका छन् ।

उर्जाक्षेत्रलाई पारदर्शी, सक्षम र जनमुखी बनाउन प्रतिबद्ध रहेको बताएका मन्त्री घिसिङको यो निर्णयलाई देशभर सकारात्मक रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट