काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएको नेकपा एमालेको केन्द्रीय कार्यालयमा कम्युनिष्ट पार्टीको झण्डा राखिएको छ ।
सोमबार महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरू च्यासलस्थित केन्द्रीय कार्यालय पुगेर झण्डा राखेका हुन् ।
पार्टी कार्यालयको एक भाग ढाक्ने गरी कम्युनिष्ट पार्टीको झण्डा राखिएको हो ।
पार्टी कार्यालय अनुमगनपछि महासचिव शंकर पोखरेलले आफूहरू पुनस् उठ्ने र आफ्नो पार्टी युवाहरूकै पक्षमा रहेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस