२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

सिंहदरबारका भग्नावशेष हेर्दै टोलाउँछन् कर्मचारी

सोमवार , भाद्र ३०, २०८२

काठमाडौँ । अझै पनि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा धुवाँ पुत्पुताइरहेको छ । एक साता अघिसम्म सुन्दर फूलहरुको बीचमा रहेको सिंहदरबार खण्डहर बनेको देख्दा जो कोही भावुक हुन्छन् ।

आज ऊर्जा मन्त्रालयमा कार्यरत कर्मचारी पारसमणि राई र उनका साथी प्रेम गौतम प्रधानमन्त्री कार्यालयको भवन नियाल्दै निकैबेर टोलाइरहे । “मन आत्तियो, हेर्नै नसकिने गरी खरानी बनाएछन्,” गौतमले भने, “देशको सम्पत्ति जलाएर के पाए ?”

जनताको करले बनेको सिंहदरबार जलगाउने कस्ता जनता होलान् भन्ने गुनासो राईको छ ।

प्रधानमन्त्री कार्यालयको छेवैको ऊर्जा मन्त्रालय पनि खण्डहर बनेको छ । “तस्बिर सधैँ रमाइलोका लागि मात्रै खिचिँदो रहेनछ,” प्रधानमन्त्री कार्यालयमा कार्यरत एक कर्मचारीले भनिन्, “सम्झनाका रूपमा फोटो खिचेकी छु ।”

सबैभन्दा बढी क्षति भएको मध्येको हो गृह मन्त्रालय । ३१ वर्षदेखि निरन्तर गृहमन्त्रालयमै कार्यरत कर्मचारी केदार घिमिरेका अनुसार खरानी भएको कार्यालय देख्दा मन पोल्यो । उनले भने, “मलाई त बेघर भएजस्तो लागेको छ । खरानीबाहेक केही छैन ।”

जेन्जी आन्दोलनका क्रममा जलेर भग्नावशेष भएको गृहमन्त्रालय अहिले पुरानो परराष्ट्र मन्त्रालयको शाखामा सारिएको छ । साँघुरो भए पनि त्यहीँबाट सेवा विस्तार गर्ने विपत् तथा व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव गोविन्द रिजालले जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट