२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

असोज १ गते शोक विदा दिने, अन्य केके छन् सरकारका निर्णय ?

सोमवार , भाद्र ३०, २०८२

काठमाडौं । सरकारले अन्तरिम सरकार गठनपछि आज बसेको पहिलो बैठकका निर्णय सार्वजनिक गरेको छ ।

सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ ।

त्यस्तै, जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी स्मारक पार्क बनाउने सैद्धान्तिक निर्णय भएको सरकारका गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले बताए ।

सरकारले जेनजी प्रदर्शनको क्रममा भएका घटनाहरूको बारेमा छानबिन गर्नका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्ने, मृतकहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने, मृतकका परिवारलाई जनही १० लाख राहत र अन्य खर्चका लागि पाँच लाख गरी १५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट