२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

जेनजी आन्दोलन: सिंहदरबार र वरपरका सरकारी कार्यालयमा मात्रै हजारभन्दा बढी सवारीसाधन जलेर नष्ट

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौं । जेनजी समूहले मंगलबार सिंहदरबार र वरपरका सरकारी निकायमा गरेको आगजनीबाट एक हजारभन्दा बढी सवारीसाधन जलेर नष्ट भएका छन्। प्रारम्भिक तथ्यांकअनुसार ४४१ चारपाङ्ग्रे र ६०१ दुईपाङ्ग्रे गरी कुल एक हजार ४२ सवारीसाधन नष्ट भएका हुन्।

सबैभन्दा धेरै सडक विभागमा क्षति पुगेको छ, जसमा ६५ चारपाङ्ग्रे सवारीसाधन र असंख्य मोटरसाइकल/स्कुटर पूर्ण रूपमा जलेका छन्। त्यसपछि सर्वोच्च अदालतका ५१ गाडी, सहरी विकास तथा भवन निर्माण विभागका ५० गाडी र अनुमानित दुई सय मोटरसाइकल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका ४७ गाडी र ७४ मोटरसाइकल नष्ट भएको विवरण छ।

अर्थ मन्त्रालयका ३६ गाडी र ५४ मोटरसाइकल/स्कुटर नष्ट भएको मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेले जानकारी दिए। त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ३३ साना गाडी, दुई बस र ३६ मोटरसाइकल जलेका छन्।

यी निकायका पार्किङमा रहेका निजी सवारीसाधन समेत जलेका छन् तर तिनको विवरण संकलन भइसकेको छैन। आन्दोलन सुरु भएपछि मन्त्रालयका गाडी निजी घरमा नराखी सिंहदरबारमै पार्किङ गर्न निर्देशन दिइएको थियो। सुरक्षा दृष्टिले सुरक्षित मानिएको सिंहदरबारमै आगजनी भएपछि क्षति अकल्पनीय बनेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट