२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

दुई वटा कोठाबाट जिल्ला प्रशासन कास्कीको सेवा सुरु

मंगलवार , भाद्र ३१, २०८२

कास्की । ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले दुई वटा कोठाबाट सेवा सुरु गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शान्ति सुरक्षा, मुद्दाको म्याद थप, विपद् व्यवस्थापन र दैनिक प्रशासनिक कार्य नियमित सञ्चालन गर्ने उद्देश्यले हाललाई दुई कोठाबाट सेवा सुरु भएको जानकारी दिइन् । उनले भनिन्, “हाल दुई वटा कार्यकक्षबाट सेवा सुरू गरेका छौँ । अन्य कक्ष मर्मतसम्भार हुँदैछन्, सञ्चालन हुने सेवाकाबारेमा सेवाग्राहीलाई पूर्वजानकारी दिँदै जानेछौँ ।”

प्रजिअ शर्माले अहिलेको विषम् परिस्थितिमा सम्पूर्ण सार्वजनिक सेवालाई सञ्चालन गर्नु चूनौतीपूर्ण रहेकाले नागरिकता, राहदानी राष्ट्रिय परिचयपत्रलगायत अन्य सेवालाई क्रमिक रूपमा सुरु गरिने जानकारी दिइन् । उनका अनुसार भदौ २४ गते जेनजी प्रदर्शनका कारणमा प्रशासनको भवनमा आगजनी गरिँदा मुख्य भवनसहित सवारीसाधनमा क्षति पुगेको छ ।

पोखरामा जेनजी प्रदर्शनमा आगजनी गरिएका मालपोत, नापी कार्यालय, यातायात कार्यालयलगायत सेवाग्राहीका मुख्य चाप हुने कार्यालयबाट सेवा सुरु हुन सकेका छैनन् । ती कार्यालयमा कर्मचारीले दैनिक सरसफाइ गरिरहेका छन् । यसैगरी, पोखरा महानगरपालिकाको सेवासमेत सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट