२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

प्रधानमन्त्री कार्की र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहालले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

अध्यक्ष दाहालले मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीलाई भेटेका हुन् ।

भेटमा देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा उनीहरूले कुराकानी गरेका थिए ।

अध्यक्ष दाहालले राष्ट्रियसभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित सङ्घीय संसद् भवन तथा सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा भएको क्षतिबारे प्रधानमन्त्रीलाई जानकारी गराए ।

प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातिर लैजान राष्ट्रियसभाको महत्त्वपूर्ण भूमिका हुने बताउँदै वर्तमान राष्ट्रिय सङ्कटलाई सही निकास दिन सबैले सहकार्य गरेर अघि बढ्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट