काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा मंगलबार ज्यान गुमाएकाहरूलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गरियो ।
काठमाडौंमा जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदको शवयात्रा गरिएको थियो । पोष्टमार्टम सकिएपछि ज्यान गुमाएका सहिदको शिक्षण अस्पतालबाट शवयात्रा गरिएको हो । शिक्षण अस्पतालबाट उपत्यकाका बिभिन्न स्थान हुँदै सहिदको पार्थिक शरिरलाई पशुपति आर्यघाट लगिएको थियो ।
ज्यान गुमाएका सहिदमध्ये केहिको पशुपति आर्यघाटमा र केहिको आफ्नो जिल्लामा अन्त्येष्टिका लागि लैजाने तयारी छ । सरकारले आन्दोलनमा मृत्यु हुनेलाई राष्ट्रिय झन्डा ओढाई राष्ट्रिय सम्मानमा साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।
आज पशुपति आर्यघाटमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे ।
प्रतिक्रिया दिनुहोस