काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा मन्त्रीका लागि बनाइएको कार्यकक्ष हटाइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङले मगंलबार विद्युत प्राधिकरण प्रधान कार्यालय रत्नपार्कमा रहेको मन्त्री कार्यकक्ष तत्काल बन्द गरी उक्त स्थानलाई प्राधिकरणको प्रयोजनका लागि प्रयोग गर्न निर्देशन दिएका हुन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं नेपाल विद्युत् प्राधिकरण, संचालक समितिका अध्यक्षको प्रयोजनमा रहेको कार्यकक्ष आवश्यक नभएको हुँदा त्यहाँ प्राधिकरणले प्रयोग गर्न अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस